काठमाडौं, एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सिजनको पहिलो हार ब्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना गेटाफेसंग १–० ले पराजित भएको हो ।

गेटाफेको जितमा फरवार्ड जयमी माटाले दोस्रो हाफमा पेनाल्टीमार्फत् निर्णायक गोल गरे । बार्सिलोनाका फ्रेन्की डी जोङले डिबक्सभित्र फल गरेपछि घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो । दुवै टिमले आगामी शनिबार सिजनको पहिलो एल क्लासिकोमा प्रतिस्पर्धा गर्दैछन् ।

लिग तालिकाको दोस्रो स्थानमा रहेको गेटाफले शीर्ष स्थानको रियल मड्रिड बराबर १० अंक जोडेको छ । बार्सिलोना भने ७ अंक सहित तालिकाको नवौं स्थानमा छ ।