काठमाडौं - कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने सामग्री लिन नेपाल वायुसेवा निगमको विमान चीजको ग्वान्झाओतर्फ उडेको छ।

नेपाल एयरलाईन्सको विमान शनिबार दिउँसो सवा १२ बजे त्यसतर्फ उडेको हो।  सो विमानले कोरोना भाइरस परीक्षण गर्ने किट्स र पीपीईलगायतका औषधिजन्य सामग्री ल्याउने बताइएको छ।

सरकारले १३ चैतमा चीनमा नेपाली व्यापारीहरुले किनेर तयार पारेका अत्यावश्यक स्वास्थ्य उपकरण र परीक्षण किट्स ल्याउनका लागि नेपाल वायुसेवा निगमको विमान ग्वान्झाओ पठाउने निर्णय गरेको थियो।