काठमाडौं - त्रिभुवन विमानस्थलबाट दुई जना भारतीय नागरिक अवैध सुनसहित पक्राउ परेका छन्।

भारतीय नागरिकहरु यू१६२२९५८ पासपोर्ट भएको नवीन गोपीचन्द मतलामी र यू१७९७०८४ भरत सुरेशलाल पुलसैनी लिक्विड सुनसहित पक्राउ परेको विमानस्थल भन्सार कार्यालयका सूचनाअधिकारी राजकुमार अधिकारीले जानकारी दिए।

उनीहरु दुवईको शारजहाँबाट काठमाडौं आएका हुन्। उनीहरुलाई चेकजाँचका क्रममा मलद्वारमा दुई किलो लिक्विड सुनसहित पक्राउ गरिएको अधिकारीले बताए। उनीहरु एयरअरेबियाको उडान नं. जी९०५३९ बाट काठमाडौं अवतरण गरेका थिए।

तीनवटा क्याप्सुलजस्तो टुक्रामा लिक्विड फर्ममा उनीहरुले सुन ल्याएका थिए। बरामद दुवै सुनकाे टुक्राकाे परिमाण प्रत्येक १ हजार १ सय ११ ग्राम रहेकाे अधिकारीकाे भनाइ छ। यद्यपि नापजाँच भइरहेकाे छ।