काठमाडौं - मदिरा सेवन गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले राजधानीबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा घर भएका शम्भु विक, काभ्रेका राम लामा तामाङ र काठमाडौंकै कृष्णमान शाक्य छन् ।

काठमाडौं–१५, शोभा भगवतीमा गएराति मदिरा सेवन गरी उनीहरूले ओखलढुंगाका श्याम परियारको हत्या गरेको महानगरीय प्रहरी बृत्त स्वयम्भूले जनाएको छ ।

मदिरा सेवन गर्ने क्रममा पैसा कसले तिर्ने विवाद हुँदा उनीहरुले परियारको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । सिमेन्टको ढलानबाट बनेको ढुंगाले हानेर परियारको हत्या गरिएको प्रहरीले जनाएको छ ।