काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । शनिबार बालुवाटारमा सुरू भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर सहभागी भएर फर्किएको नेकपा स्रोतले बताएको छ ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री उपस्थित थिएनन् । त्यसपछि बैठकमै कमिटीका सदस्यले चर्को आलोचना गरेका थिए । प्रधानमन्त्री उपस्थित नहुने भए बैठक धुम्बाराहीमा सार्न समेत भनिएको थियो ।

स्रोतका अनुसार ओली सरकारी काम परेकाले बैठकमा उपस्थित भएर बाहिरिनु परेको हो । आजको बैठकमा सीमा समस्या समाधान र कोभिड–१९ नियन्त्रणमा सरकारले गरिरहेका कामबारे समीक्षा गरिने कार्यसूची रहेको छ ।