काठमाडौं - गहृमन्त्री रामबहादुर थापा (वादल)का साइला भाइ नरेश थापा १ लाख धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश मोदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट भएको थुनछेक बहसपछि थापालाई १ लाख धरौटीमा रिहा गरेको उनका तर्फबाट बहस गरेका अधिवक्ता मनिसकुमार श्रेष्ठले जानकारी दिए ।

दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा थापा पक्राउ परेका थिए ।