काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारसम्बन्धी विधेयक तत्काल रोक्ने निर्णय गरेको छ । 

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकमा राष्ट्रिय सभामा पेश भएको उक्त विधेयकमा नेताहरुले कुरा उठाएपछि तत्काल अगाडि नबढाउन निर्देशन दिइने सहमति भएको हो । 

अख्तियारसम्बन्धि ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रको समेत अनुसन्धानको अधिकार प्रस्ताव गरिएको छ ।सरकारले राष्ट्रियसभामा पेस गरेको संशोधन विधेयक विधायन समितिले यथावतै राष्ट्रियसभामा पेस गरेको हो ।विधेयक पारित भएर कानुन बने अख्तियार दुरूपयोग अनुसन्धान आयोगले, बैंक, शैक्षिक संस्था र मेडिकल कलेजमाथि भ्रष्टाचार मुद्दा अगाडि बढाउन सक्नेछ।