काठमाडौं - पोर्चुगिज तथा क्याटलान क्लब बार्सिलोनाका डिफेन्डर नेल्सन सेमेडो इंग्लिस प्रिमियर लिगको क्लब वल्भ्स पुगेका छन् ।

बीबीसीका अनुसार सेमेडोलाई वल्भ्सले ३७ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । सेमेडोले वल्भ्ससँग २०२३ सम्मका लागि सम्झौता गरेका छन् । सेमेडो वल्भ्सको टोलीमा दशौं पोर्चुगिज खेलाडी हुन् ।

डिफेन्डर म्याट डोहर्टि टोटेनहम गएपछि वल्भ्सले सेमेडो अनुबन्ध गरेको हो । २६ वर्षीय सेमेडोले बार्सिलोनाका लागि १ सय २४ खेल खेलेका थिए । जसमा उनले २ गोल पनि गरेका थिए ।