काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन् ।  

बुधबार सिटिइभीटीको ३३ र्औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै अहिले प्रधानमन्त्रीको राजीनामा नआउने बताएका हुन् । 

 ‘हामी कायर हो र, राजीनामा दिन ?, कुनैपनि हालतमा राजीनामा आउँदैन । प्रधानमन्त्री ज्यूले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ ।’ श्रेष्ठले भने । 

सर्वोच्च अदालतको फैसलाले मुलुक राजनीतिक संकटतर्फ धकेलिएको श्रेष्ठको भनाई छ ।