काठमाडौं - सोमबार भारत सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसंगै अस्वभाविक रुपमा प्याजको मूल्यवृद्धि भएको छ । मूल्यवृद्धि उच्च भएकाले निर्यातमा रोक लगाइएको भारत सरकारले जनाएको छ । भदौ २९ गते प्रतिकिलो ६० रुपैयाँ रहेको प्याजको मूल्य आज बढेर ७५ रुपैयाँ पुगेको छ

कालीमाटी तरकारी तथा थोक मूल्यसुचिअनुसार भारतीय सुकेको प्याजको मूल्यमा २५ प्रतिशत वृद्धि आएको हो । अझ उपभोक्ता मूल्य यो भन्दा पनि बढी रहेको छ । गतवर्ष पनि भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाउदा नेपाली बजारमा प्याजको मूल्य प्रतिकेजी २३० रुपैयाँसम्म पुगेको थियो ।

काठमाडौँ उपत्यकामा मात्र दैनिक २ सय ७० मेट्रिक टन प्याजको खपत हुन्छ । तर विगत केही समयदेखि खपतमा पनि कमी आइरहेको छ । पछिल्लो समय प्याज लगायत सबै तरकारीहरुको मूल्यवृद्धि भएको कालीमाटी तरकारी बजार स्रोतले जनाएको छ ।