मोरङ - मोरङको रंगेलीमा कलेज बस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।

आज बिहान साढे ६ बजे लर्डबुद्ध कलेजको विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस  दुर्घटना भएको हो। दुर्घटनामा सहचालक विराटनगर १५ बस्ने ३२ वर्षीय सानु साहको उपचार क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

दुर्घटनामा विद्यार्थीहरु धनपालथान गाउँपालिका ४ का २० वर्षीया सुष्मा राजवंशी, १९ वर्षीया दीक्षा श्रेष्ठ, धनपालथान ७ बस्ने २० वर्षीया रन्जिता मण्डल, धनपालथान ६ की निकिता कुमारी राय, रंगेली नगरपालिका ४ की २० वर्षिया नुना गौतम र रंगेली २ बस्ने १८ वर्षिया स्वस्तिका कटुवाल छन् ।

उनीहरुको विराटनगरस्थित न्युरो हस्पिटलमा उपचार भइरहेकोे छ । दुर्घटनाको कारण बाक्लो हुस्सु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनापछि फरार रहेका बसका चालक विराटनगर १० का खिलबहादुर खड्का पक्राउ परेका छन्।