काठमाडौं - राष्ट्रिय सभा सदस्यको रिक्त पदको निर्वाचनको लागि सोमवार (आज) राति १२ बजेबाट मौन अवधि शुरू हुँदै छ ।

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन शुरू हुने ४८ घण्टा अघिबाटै मौन अवधि शुरू हुन्छ । मौन अवधि शुरू भएपछि दलहरू वा उम्मेदवारले मतदातासँग मत माग्न वा कुनै पनि माध्यमद्वारा चुनावी प्रचारप्रसार सञ्चालन गर्न पाउने छैनन् । 

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता राजकुमार श्रेष्ठले सोमवार राति १२ बजेबाट राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि शुरू हुने जानकारी दिए ।

 राजधानी दैनिकबाट