काठमाडौं - अमेरिकाले मिसाइल हमलाको प्रतिकार गरे दुबइ र इजरायलमाथि हमला गर्ने इरानले चेतावनी दिएको छ ।

मिसाइल हमलापछि अमेरिकाले कुनै सैन्य कदम चालेलेबनानी लडाकु समूह हेजबुल्लाहले इजरायलमाथि आक्रमण गर्ने इरानको चेतावनी  छ ।

इराकस्थित अमेरिकी सैन्य शिविरमा भएको मिसाइल हमलाको प्रतिकार स्वरुप अमेरिकाले कुनै कदम चाले हेजबुल्लाहले इजरायलमाथि आक्रमण गर्ने इरानी समाचार संस्था तास्निमले जनाएको हो । इरानको सैन्य बल इस्लामिक रिभोलुस्नरी गार्ड कर्पले इरानमाथि पुनः हमला भए युएईको दुबई र इजरायलले हाइबामाथि हमला गर्ने बताएको छ ।

‘अमेरिकाले गरेका अपराधमा इजरायली सत्ता पृथक छैन’, इरानको सैन्य बललाई उदृत गर्दै तास्निमले लेखेको छ, ‘अमेरिकाको रक्तपिपासु र दम्भी सत्ता अर्थात सबैभन्दा ठूलो शैतानलाई चेतावनी दिन चाहन्छौं- यदि इरानमाथि थप हमला वा दुष्ट कारबाही भएमा हामीले पीडादायी र सशक्त जवाफ दिनेछौं ।’

बुधबार इरानले आफ्ना वरिष्ठ जनरल कासिम सुलेमानीको हत्याको बदला लिने घोषणा गरेसँगै इरानले इराकमा रहेको अमेरिकाकाे सैनिकको बेसक्याम्पमा कैयौं ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ । अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित गरेर एक दर्जन भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

गएको शुक्रबार इराकको राजधानी बग्दाद स्थित विमानस्थलबाट बाहिरिने क्रममा अमेरिकाले गरेको हवाई आक्रमणमा सुलेमानीको मृत्यु भएको थियो । इरानले सुलेमानीको हत्याको बदला लिने चेतावनी दिइसकेको छ ।