काठमाडौं - पाकिस्तानमा कम्तिमा तीनजना पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन्। दुई निजी मिडियाहाउसमा कार्यरत तीन पत्रकारलाई संक्रमणले भेटेको बताइएको छ। उनीहरु लाहोरको भएको बताइए पनि नाम सार्वजनिक गरिएको छैन।

दुई मिडियामध्ये एकका सिइओ मोहसिन नकवी भएको स्वीकार गरेका छन्। साथै मिडियामा अरुलाई पनि संक्रमण भएको हुनसक्ने सम्भावना बारे अनुसन्धान गरिरहेको र केहीलाई क्वारेन्टाइनमा राखिएको बताएका छन्।

यसबाहेक अखिल पाकिस्तान पत्रपत्रिका कर्मचारी संगठनका अध्यक्ष सिद्धिकी अन्जरले अरु थप तीनजना रिपोर्टर पनि संक्रमित भएको दावी गरेका छन्। जसमध्ये दुई पन्जाब र एक कराँची बस्दैआएका छन्। अन्जरले पनि रिपोर्टरहरुका लागि सेफ्टी किट नभएको गुनासो गरेका छन्।