पोखरा - गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई  कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । 

अदालतले बिहीबार उनका नाममा पक्राउ पुर्जी जारी गरेको हो । मिलन गुरुङले भने बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेरै मनाङेविरुद्ध किटानी जाहेरी दिएका थिए । 

गण्डकी प्रदेशमा पहिलोपटक आयोजित ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ को उद्घाटनपूर्व मनाङेले आयोजक एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई तीन झापड हानेका थिए । 

मनाङेले झापड हानेको स्वीकार गरेका छन् । उनी बुधबार आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, “मैले हातपात गरेको होइन, झापट हानेका हो ।” मिलन गुरुङले भने बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेरै मनाङेविरुद्ध किटानी जाहेरी दिएका थिए ।