एजेन्सी - स्पेनमा हेलिकप्टर र जहाज ठोक्किँदा ७ जनाको ज्यान गएको छ ।

आइतबार पर्यटकीय टापु मल्लोर्काको आकासमा हेलिकप्टर र विमान एक आपसमा जुधेका छन् । दुर्घटना इन्का सहरको केन्द्रभागको आकाशमा भएको थियो ।

आकाशमा ठक्कर खाएपछि दुई यान मैदानमा खसेका थिए । उक्त दुर्घटना परी २ बालबालिकासहित ७ जनाको मृत्यु भएको छ 

दुर्घटनाग्रस्त विमानमा २ जना र हेलिकप्टरमा ५ जना सवार रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । दुर्घटनामा सातै जनाको मृत्यु भएको हो ।