काठमाडौं - उपत्यकाका स्कुल बस बिहान ९ बजेपछि चल्न नपाउने भएका छन् ।

उपत्यकाको ट्राफिक व्यवस्थापनवारे बिहिबार प्रधानमन्त्री कार्यालयमा सरोकारबालाबीच छलफल भएपछि यस्तो निर्णय भएको हो । कार्यालय समयमा स्कुल बस चलाउँदा सवारी आवागमनमा समस्या भएको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरिएको हो ।

छलफलमा अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले केटाकेटी बोक्ने सबै बस बिहान ९ बजेभित्र स्कुल हातामा प्रवेश गरिसक्नुपर्ने निर्णय भएको बताए । तर यो निर्णय अव्यवहारिक भएको बन्दै सञ्चालकहरुले भने असन्तुष्टि जनाएका छन् ।