काठमाडौं - सरकारले कोरोना तथा संक्रामक रोग नियन्त्रणमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पाँच लाखको नि:शुल्क स्वास्थ्य बिमा गर्ने भएको छ। 

अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कोरोना तथा अन्य संक्रामक रोगको उपचारमा खटिने सबै स्वास्थ्यकर्मीलाई  नि:शुल्क स्वास्थ्य बिमा गरिने जानकारी दिएका हुन्। 

उनले स्वास्थ्य  क्षेत्रका लालगि ९० अर्ब ६९ करोड रुपैयाँ बिनियोजन गरेको समेत जानकारी दिए।