काठमाडौं - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपाल भ्रमणमा रहनु भएका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नले आज औपचारिक वार्ता गरेका छन् ।

सो भेटमा द्विपक्षीय सम्बन्धका बारेमा विचारहरू आदानप्रदान गर्नुका साथै साझा हितका विषयमा एकसाथ काम गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

लग्जेम्बर्गका विदेशमन्त्री एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । आजै लग्जेम्बर्गका तर्फबाट नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवको अवसरमा यहाँ एक विशेष कार्यक्रम आयोजना हुनेछ । एसलवर्नले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार उनले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।