काठमाडौं - बलिउडका चर्चित चलचित्र निर्देशक रोहिट सेट्टीले फिल्म कर्मचारीलाई सहयोग गर्ने भएका छन् ।

कोरोना भाइरसका कारण लगाइएको बन्दाबन्दीका समय थुप्रै पटक गरिबलाई सहयोग गरेका रोहितले यस पटक भने जुनियर कलाकार, कोरस डान्सर, स्टन्डम्यान, लाइटम्यान लगायतका फिल्ममा काम गर्ने मजदुरलाई सहयोग गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

निर्देशक रोहितले अहिले प्रसारमा भइरहेको चर्चित टिभी सो ‘खतरो के खिलाडी’ को विशेष संस्करणबाट मिलेको पारिश्रमिक फिल्म कर्मचारीलाई दिने घोषणा गरेका हुन् । उनले गर्ने सहयोग सिधै व्यक्तिको खातामा जाने बताइएको छ ।

कोरोना महामारीको सुरुको समय एफडब्युआइसिई र लकडाउनको समय घरमा रहेका फोटोग्राफरहरुको समेत सहयोगी बनेका रोहितले प्रहरी कर्मचारीको सहयोगका लागि १७ कोठाको समेत व्यवस्था मिलाइदिएका थिए ।

सो स्थान ड्युटीपछि प्रहरी कर्मचारी बस्नका लागि सदुपयोग गर्दथे ।