एजेन्सी - मंगलबार गएको भूकम्पमा परी पाकिस्तानमा कम्तिमा पनि २५ जनाको मृत्यु भएको छ ।

पाकिस्तानका स्थानीय अधिकारका अनुसार मंगलबार दिउँसो गएको भूकम्पमा परी हालसम्म २५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ४५० जनाभन्दा बढी घाइते भएको उनीहरुको भनाइ छ ।

ग्रामीण इलाकामा रहेका पुराना घर भत्किँदा जनधनको क्षति भएको समाचार माध्यममा जनाइएको छ । यता भूकम्पबाट त्रसित बनेका मानिसहरु रातभर घरबाहिर बसेका थिए ।

भूकम्पबाट पाकिस्तान प्रशासित जम्मू(काश्मिर बढी प्रभावित भएको बताइएको छ । हिजो रातभर उक्त भूकम्पको परकम्पन महुसुस गरिएको थियो । तर हाल परकम्पन कम हुँदै गएको र उद्वार कार्यलाई तीव्र पारिएको छ ।

न्युयोर्कमा रहेका प्रधानमन्त्री खानले ट्विटमार्फत् मृतकका आफन्तप्रति समवेदना व्यक्त गरेका छन् । उद्वार कार्यलाई तीव्रता दिन र क्षतिको मूल्याङ्कन गर्न समेत स्थानीय अधिकारीलाई उनले निर्देशन दिएका छन् ।

त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत भूकम्पबाट हुन गएको जनधनको क्षतिप्रति दुस् ख व्यक्त गरेका छन् । मृतकप्रति श्रद्धाञ्जली व्यक्त प्रकट गर्दै मोदीले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । भारत-पाकिस्तान सीमामा रहेको जाटलान इलाकालाई केन्द्रबिन्दु बनाएको मंगलबार शक्तिशाली भूकम्प गएको थियो । ६।३ रेक्टर स्केलको उक्त भूकम्पको झट्का दिल्लीसहित उत्तर(पश्चिम भारतमा समेत महसुस गरिएको हो ।