काठमाडौं - दशैं मनाउँदै गर्दा वा मनाइसकेपछि बिरामी परेर अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या पनि बढ्ने गरेको छ । त्यसैले पनि दशैंलाई खुसीयालीका साथ रमाएर मनाउन तथा दशैको समयमा अस्पताल भर्ना हुन नपरोस भन्नका लागि मासु खादा उचित व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।

मासु खाँदा ध्यान दिनुपर्ने कुरा-

फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानु राम्रो ।

बासी तथा खुला स्थानमा राखेको मासु नखाने ।

काँचो मासुको परिकार कुनै पनि हालतमा नखाने ।

पोलेका मासु -सेकुवा, हाकु छोइला आदि, सकेसम्म नखाएकै राम्रो ।

राम्ररी सफासँग पखालेको र राम्ररी पाकेको मासु मात्र खाने ।

विभिन्न किसिमको धेरै मसला तथा तेलीय पदार्थको प्रयोग कम गर्ने ।

बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिने ।