इलाम - इलाममा सशस्त्र प्रहरीका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार (आज) थप १६ जनामा कोरोना पोजिटिभ देखिएपछि सशस्त्रमा संक्रमितको संख्या ४६ पुगेको हो ।  

गत १८ गते सशस्त्र प्रहरीका ३८ सहित स्थानीय टोलका ६० जनाको स्वाब नमुना पठाइएकामा बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका फोकल पर्सन बिमल बरालले बताए । संक्रमण पुष्टि भएका सबैलाई विराटनगरस्थित कोभिड अस्पताल लैजाने तयारी हुँदैगरेको बरालको भनाइ छ ।  

योसँगै इलाममा कोरोना संक्रमितको कुल संख्या ७६ पुगेको छ । भारतीय सीमा क्षेत्र र क्वारेन्टाइनमा खटेका सशस्त्र प्रहरीमा धमाधम कोरोना पोजिटिभ देखिइरहेको छ । जोखिम बढेपछि सदरमुकामस्थित सशस्त्र प्रहरीको हेडक्वार्टर नम्बर १ यसअघि नै सिल गरिएको छ ।