काठमाडौँ - सुरक्षाको कारण देखाउँदै ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको प्रहरीले नेपालगञ्ज विमानस्थलमा शनिबार भएको अभद्र व्यवहार र पर्यटनमन्त्री योगेश भट्टराईमाथि विमानभित्रै भएको गालीगलौज भन्दै शाहीलाई हिरासतमा लिएको छ ।

विमानस्थलमा ढिला आएका कारण पर्यटनमन्त्री योगेश भट्टराईमाथि यात्रुहरु गाली गलौज गरेका थिए । उक्त घटनालाई लिएर शाहीले आइतबार पत्रकार सम्मेलन आयोजना गरेका थिए । तर, एक समूहले उनीमाथि हातपात गरेपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भन्दै आइतबार साँझ पक्राउ पुर्जी थमाएको छ । पक्राउ पुर्जी दिँदै उनलाई ललितपुर प्रहरीले हिरासतमा राखेको छ ।