काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । ३ हजार ५ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा २ सय ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको छ ।

शनिबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ । देशभर ३ हजार ४ सय ५२ जना सक्रिय संक्रमित रहँदा १ सय ४७ जना क्वारेन्टाइनमा छन् ।

गत २४ घण्टामा ३ सय ८६ जना उपचारपछि डिस्चार्ज भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ६३ हजार ७ सय ३४ पुगेको छ । देशभर हाल १ सय ४७ जना आइसियु र २६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।