काठमाडौं - काठमाडौंको रातोपुलमा एक जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । भारतको कलकत्ताका ३९ वर्षीय प्रदीप मण्डल मृत अवस्थामा फेला परेका हुन् ।

कस्मेटिक सामान बनाउने उद्योगमा काम गर्दै आएका उनको स्वास्थ्यमा केही दिनदेखिसमस्या आइरहेको थियो । आफूलाई असहज भएपछि उनले मंगलबार बिदा लिएर कोठामै आराम गर्न बसेका थिए ।

उनी काठमाडौं महानगरपालिका– ३० रातोपुलस्थित देवीप्रसाद खरेलको घरमा डेरा गरी बस्थे। उनकी श्रीमती तीन महिने सुत्केरी छन्। सुत्केरी भएपछि उनी माइती बस्न गएकी थिइन्। केही समय यता मण्डल डेरामा एक्लै बस्थे।  

उनको उद्योगको कारखाना बनेपामा थियो, अफिस दरबार मार्गमा थियो । उनी दरबारमार्गको अफिसमा काम गर्दै आएका थिए ।

मृतकको शव पोष्टमार्टम गर्न महाराजगन्जस्थित टिचिङ अस्पतालमा पठाएको छ।