एजेन्सी - गन्तव्य मुलुकतर्फ हुने यात्राको सहजता र स्वतन्त्रताका आधारमा कुन मुलुकको राहदानी शक्तिशाली छ र कुन मुलुकको राहदानी कमजोर छ भनेर मापन गरिन्छ ।

भिसा अल अराइभल दिने मुलुकको आधारमा राहदानी कति शक्तशाली छ भनेर समेत हेरिन्छ । यस आधारमा हेनली पासपोर्ट इन्डेक्स अनुसार सन् २०१९ मा जापान र सिंगापुरको राहदानी सबैभन्दा शक्तिशाली देखिएका छन् ।

सबैभन्दा शक्तिशाली राहदानीको सूचीमा जापान र सिंगापुरपछि फिनल्याण्ड, जर्मनी र दक्षिण कोरियाका राहदानी परेका छन् ।

यी दश मुलुकका राहदानी सबैभन्दा शक्तिशालीः

१. जापान र सिंगापुर (यस वर्ष जापानको राहदानी बोक्नेलाई  १९० मुलुकले भिसा अन अराइभल दिएका छन्)

२. फिनल्याण्ड, जर्मनी र दक्षिण कोरिया ( भिसा अन अराइभल दिने मुलुक-१८८)

३. डेनमार्क, इटाली र लक्जेम्बर्ग (भिसा अन अराइभल दिने मुलुक-१८७)

४. फ्रान्स स्पेन र स्विडेन (भिसा अन अराइभल दिने मुलुक-१८६)

५. अष्ट्रिया, नेदरल्याण्ड र पोर्चुगल (भिसा अन अराइभल दिने मुलुक-१८५)

६. बेल्जियम, क्यानाडा, ग्रिस, आयरल्याण्ड, नर्वे, बेलायत, अमेरिका, स्विटजरल्याण्ड (भिसा अन अराइभल दिने मुलुक-१८४)

७. माल्टा, चेक रिपब्लिक (भिसा अन अराइभल दिने मुलुक-१८३)

८. न्युजिल्याण्ड (भिसा अन अराइभल दिने मुलुक-१८२)

९. अष्ट्रेलिया, लिथुवानिया, स्लोभाकिया (भिसा अन अराइभल दिने मुलुक-१८१)

१०. हंगेरी, आइसल्याण्ड, लातभिया, स्लोभेनिया (भिसा अन अराइभल दिने मुलुक-१८0)

त्यस्तै यस वर्ष अफगानिस्तानको राहदानी सबैभन्दा कमजोर र खराब देखिएको छ ।

यस वर्ष यी १० मुलुकका राहदानी सबैभन्दा सबैभन्दा खराब वा कमजोर देखिएका छन्ः

१. लेबनान, उत्तर कोरिया (भिसा अन अराइभल दिने मुलुक-३९)

२. नेपाल (भिसा अन अराइभल दिने मुलुक-३८)

३. लिबिया, प्यालेस्टाइन, सुडान (भिसा अन अराइभल दिने मुलुक-३७)

४. यमन (भिसा अन अराइभल दिने मुलुक-३३)

५. सोमालिया, पाकिस्तान (भिसा अन अराइभल दिने मुलुक-३१)

६. सिरिया (भिसा अन अराइभल दिने मुलुक-२९)

७. इराक (भिसा अन अराइभल दिने मुलुक-२७)

८. अफगानिस्तान (भिसा अन अराइभल दिने मुलुक-२५)