काठमाडौं, एजेन्सी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । 

ट्वीटर अकाउन्ट पुनः सुचारु भएसँगै उनले भिडियो सन्देश जारी गर्दै आफ्ना समर्थकले संसद् भवनमा आक्रमण गरेको एक दिनपछि आफूले अमेरिकाको कानून र व्यवस्थालाई मान्दै सत्ता हस्तान्तरण गर्ने धारणा हुन् ।

यस्तै उनले प्रतिस्पर्धी जो बाइडनको जित स्वीकार गर्दै उनलाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् । 

‘मेरो ध्यान भनेको अब व्यवस्थाअनुसार शक्ति हस्तान्तरण गर्नुमा केन्द्रित हुन्छ’, उनले भनेका छन्, ‘यस क्षणले समाधान र मेलमिलापलाई आव्हान गर्दछु।’

यस्तै राष्ट्रपति ट्रम्पले संसद् भवनमा आक्रमण हुनु दुःखद भएको पनि उल्लेख गरेका छन् ।