काठमाडौं - अर्जेन्टिनाका कप्तान तथा बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेसीले बार्सिलोनाको एक अस्पताललाई १० लाख डलर सहयोग गरेका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरससँग जुधिरहेको अस्पताललाई मेसीले उक्त रकम सहयोग गरेका हुन् ।

अस्पतालले आफ्नो ट्वीटरमार्फत् जानकारी दिँदै मेसीलाई धन्यवाद दिएको छ । एजेन्सी