काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा प्रदान गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमन सिवाकोटीले सन्दीपले भिसा पाएको पुष्टि गरे । 

यसअघि आज बिहान अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यसपछि सन्दीपले प्रधानमन्त्रीलाई मेन्सन गर्दै ट्वीट गरेका थिए ।

सिवाकोटीका अनुसार सन्दीपलाई अन्तरवार्ता लिने दूतावासका अधिकारीले क्रिकेट नबुझेको र ‘मिस कम्युनिकेसन’ भएको हुनसक्ने बताएका थिए ।