काठमाडौं - भारतले पब्जीसहित थप ११८ चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। भारतको इलेक्ट्रोनिक्स एन्ड आइटी मन्त्रालयले बुधबार ती एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन्।

प्रतिबन्ध लागेका एपमा बाइडु, टेन्सेन्ट र सिआओमीले बनाएका छन्।

लद्धाखमा भारत र चिनियाँ सैनिकबीच पछिल्लो झडप भएपछि भारतले थप चिनियाँ एपमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

यसअघि गत जुन १५ मा लद्धाखमा चिनियाँ सैनिकसँगको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। त्यसपछि भारतले टिकटकसहित ५९ चिनियाँ एपमा प्रतिबन्ध लगाएको थियो।