काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेता सुरेन्द्र पाण्डे सहभागी चितवनको कार्यक्रममा भएको नाराबाजीको भत्र्सना गरेका छन् ।

श्रेष्ठले शनिबार ट्वीट गर्दै पाण्डेमाथि सुनियोजित दुर्ब्यवहारको भएको भन्दै त्यो निन्दनीय एवं भर्त्सनायोग्य रहेको बताए ।

उनले लेखेका छन्, 'आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं साँसद क। सुरेन्द्र पाण्डे माथि भएको सुनियोजित दुर्ब्यबहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ । यसप्रकारको ब्यबहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन,कसैको पनि हित गर्दैन। चेत होस्।'