एजेन्सी - जर्मन फुटबल लिग बुण्डेसलिगामा लिग लिडर बायर्न म्युनिखले सानदार जित निकालेको छ ।

शनिवार राती भएको खेलमा फर्चुना डुसेलडोर्फमाथि ५-० को फराकिलो जित निकालेको हो । योसँगै म्युनिखले दोस्रो थानको बोरुसिया डर्टमण्डमाथि १० अंकको फराकिलो अग्रता बनाएको छ ।

खेलमा लेवान्डवस्कीले ४३औं र ५०औं मिनेटमा गोल गरे । यस्तै बेन्जामिन पाभार्डले २९औं र अल्फोन्सो डेभिसले ५२औं मिनेटमा गोल गरेका थिए । बार्यनले खेलको १५औं मिनेटमा अग्रता लिएको थियो । उक्त गोल भने म्युनिखले उपहार पाएको थियो । डुसेलडोर्फका माथिएस जोर्गेनसनले आत्मघाती गरेका थिए ।

जितपछि २९ खेलबाट बायर्नले ६७ अंक जोडेको छ । एक खेल कम खेलेको डर्टमण्ड ५७ अंकसहित दोस्रोमा छ ।