काठमाडौं - एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र ४ र रौतहट जिल्लामा १ गरी ५ नयाँ शाखा कार्यालयको साथै थप १ शाखारहित बैंकिङ सेवाको सोमवार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं महामनगरपालिका वडा नं ४, बालुवाटारस्थित बालुवाटार शाखाको प्रदेश नं ३ का सभासद् नारायण सिलवालबाट, नार्गजुन नगरपालिका वडा नं.३ ठुलो भर्‍याङस्थित ठूलो भर्‍ याङ शाखा कार्यालयको बैंकका प्रादेशिक कार्यालय प्रमुख राजेश रावलबाट, नार्गजुन नगरपालिका वडा नं.६, काठमाडौंस्थित रामकोट शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ प्रमुख सुबास जोशीबाट,काठमाडौं महामनगरपालिका वडा नं ७, चाबहिलस्थित चाबहिलशाखाको सोही वडाका वडाअध्यक्ष शुद्ध कुमार डंगोलबाट,रौतहट जिल्लाको गुजरा नगरपालिका वडा नं. ९,रौतहतस्थित सिम्राभवानीपुर शाखाको गुजरा नगरपालिकाका उपप्रमुख रौसन खाँतुनबाट तथा रुपन्देही जिल्लाको कंचन गाउँपालिका वडा नं. ४,गरगर्रेमा २४ औं शाखारहित बैंकिङ सेवा वैशाख १५ गते आइतवार भव्य समारोहका बीच उद्घाटन भएको हो ।