काठमाडौं - सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्दीय कार्यालयको ताला नौ महिनापछि शनिवार खुलेको छ । 

चैत अन्तिम साता नेपाल विद्यार्थी संघले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो । 

नेविसंघले शनिवार विज्ञप्ति जारी गरी विश्वविद्यालयमा उत्पन्न विवाद समाधानतर्फ उन्मुख भएकाले ताला खोल्ने निर्णय गरिएको जनाएको छ । 

अन्नपूर्ण पोस्टबाट