काठमाडौं - नेपाली युवा दिवेश पोखरेल प्रख्यात संगित रियालिटी शो 'अमेरिकन आइडल'को टप-१०मा प्रवेश गरेका छन् । पछिल्लो सो मा जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै दिवेश टप १० मा प्रवेश गरेका हुन् ।

स्टेजमा ‘अर्थर गन’ नामले चिनिने दिवेशले सुरुदेखि नै अडिसन र निर्णायकको तारिफ पाउँदै आएका छन् ।

टप १० मा छनोट भएपछि दिवेशले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् । उनले फेसबुकमार्फत् संसारभरबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भैरहेको उल्लेख गरेका छन् ।

जारी अमेरिकन आइडलमा दिवेशलाई उपाधिकै एक दावेदारका रुपमा हेर्न थालिएको छ ।