काठमाडौं - बुधबार भएको प्रदर्शनका क्रममा चितवन मेडिकल कलेजबाट पक्राउ परेका सरकारद्धारा प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्द लगायत सबै विद्यार्थी गएराती साँढे ९ बजे छुटेका छन् ।

उनीहरुलाई आउने सोमबार छलफलमा बस्ने सर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दान बहादुर मल्लले जानकारी दिए ।

यसअघि क्राउ परेका १७ जना मध्ये नौ जनालाई बुधबार साँझ नै अभिभावकको रोहबरमा नौ जना विद्यार्थीलाई प्रहरीले छाडेको थियो ।