काठमाडौं - इरानका शीर्ष कमाण्डर कासिम सुलेमानीको हत्या पश्चात अमेरिकासँगको तनाव थप बढेको छ । इराकको राजधानी बगदादमा अमेरिकी दूतावास नजिकै तीन वटा रकेट आक्रमण भएको छ । उक्त रकेट उच्च सुरक्षा क्षेत्र राजदूतको नजिकै खसालिएको हो।

यी तीन वटै रकेटहरू बगदाद बाहिर जफरनिया जिल्लाबाट प्रक्षेपण गरिएको बताइएको छ।

अमेरिकाले इरानका शीर्ष कमाण्डर कासिम सुलेमानीलाई हवाई हमलामार्फत हत्या गरेपछि विश्वभर युद्धको सन्त्रास अझै पनि उत्तिकै रहेको बताइएको छ ।

त्यसबेलादेखि दुवै देशहरूमा तनावको स्थिति छ। इरानले कासिम सुलेमानीको मृत्युको बदला लिने कुरा अझै पनि गरिरहेको बताइएको छ ।अमेरिकाले पनि आफु चुप लागेर नबस्ने चेतावनी दिदै आइरहेको छ ।