काठमाडौं - गोरखामा एक महिलाले आत्महत्या गरेकी छन् । भिमसेन थापा गाउँपालिका–७ मा महिलाले झुण्डिएर आत्महत्या गरेकी हुन्।बोर्लाङ–७ पोखरीडाडाँकी २८ वर्षिया महिला सपना रोकाले गएराति पटुकाको पासो लगाएर आफ्नै घर भित्र आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

घरमा श्रीमानसहित सबै परिवार सुतिरहेको बेला महिलाले पटुकाले पासो लगाएर झुण्डिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । महिलाका श्रीमानसहित २ छोरी र एक छोरा रहेका छन्। उनको शव प्रहरीले मुचुल्का तयार पारी थप अनुसन्धान भइरहेको छ ।