काठमाडौं - सुशासन कायम गर्ने कानुनको पालन गर्नु पर्ने ठाँउमा देशको उपप्रधान स्वास्थ तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सर्बोच्च अदालतको आदेश अवज्ञा गरिरहेका छन्  ।

केहि बिचौलियाहरुको चल्खेलमा उपप्रधान मन्त्री उपेन्द्र यादवले  औषधि ब्यबस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल लाई औषधि प्रयोगशालामा पदस्थापन गरि  विभागमा  पानबहादुर क्षेत्रीलाई निमित्तको जिम्मेवारी दिएको गलत निणय कार्यनयन नगर्न सर्बोच्च अदालतले तीन साता अघि दिएको आदेश लाई उपप्रधानमन्त्री यादवले कार्यनयन गरेका छैनन् ।

मन्त्रालयको गलत निणय विरुद्ध ढकाल सर्बोच्च अदालत गएपछि अदालतले  सरुवा तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । तर उपप्रधानमन्त्री यादवले न्यायालयले गरेको निर्णयलाई  अटेरी गरि रहेका छन् ।

कानुनी शासनको प्रत्याभूति गराउनु पर्ने ठाउमा मन्त्री आफै गैरजिम्मेवार भयका छन् ।

यस बिषयमा नारायण प्रसाद ढकाल लाई तपाईं फेर अदालत गएर मन्त्री लाई कारबाही गराउनु हुन्छ भनेर प्रस्न गर्दा  उन्ले भने अहिले मन्त्रालयको निणको प्रतीक्षामा छु । अदालत जाने बारे अहिले नसोचेको र छलफलमा रहेको बताए ।