काठमाडौं - पेट बढी नै लागेमा मुटुसम्बन्धी रोग, चिनी रोग, उच्च रक्तचापदेखि क्यान्सरसम्म लाग्ने जोखिम हुन्छ । यस्तो अवस्था आउन नदिन काँक्राको सहयोगले पेट घटाउन सकिन्छः

विकार हटाउँछ

काँक्राको बियाँमा शरीरमा जम्मा भएका विकारलाई शरीरबाहिर निकास गराउने गुण हुन्छ । पिसाबमार्फत शरीरका विकार बाहिर निकाल्न यसले मद्दत गर्छ । पेटमा जम्मा भएका विकार बाहिर निस्किँदा पेट क्रमशः घट्दै जान्छ ।

पाचन बलियो बनाउँछ

अपच र कन्स्टिपेसनको समस्या भएकालाई पेट बढ्ने समस्या हुन्छ । काँक्रो पानी र फाइबरको राम्रो स्रोत भएकाले यो खानाले अपच र कन्स्टिपेसनको समस्या हराएर जान्छ ।

दुखाइ हटाउँछ

अल्सर भएको छ भने पेटमा ग्यास उत्पन्न भई पेट बाहिर निस्किन थाल्छ । यस्तोमा काँक्रो खानाले पेटको जलन कम हुनुका साथै अल्सरको असर पनि कम हुन्छ ।

चिल्लो खानाको विकल्प दिन्छ

पेट र शरीरको वजन बढ्नुमा चिल्लो खाना जिम्मेवार हुन्छ । प्रायः सबै खानामा चिल्लो पदार्थ हुन्छ । तर, काँक्रोमा फ्याट हुँदैन र क्यालोरी न्यून हुन्छ । त्यही भएर पेट ठूलो भएकाहरूले भोक लागेको बेला काँक्रो खाने गरेमा लाभ मिल्छ ।

रगतको ग्लुकोज कम गर्छ

काँक्रो खानाले कोलेस्ट्रोल कम हुन्छ । साथै, काँक्रोमा पाइने इथानोल नामक पदार्थले रगतमा ग्लुकोजको मात्रा कम गर्छ ।