काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ । 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पुस २३ का लागि बेलाइएको केन्द्रीय कमिटी बैठक आगामी माघ १५ गते सार्ने निर्णय गरेको बताइएको छ ।

राष्ट्रियसभा निर्वाचन र सभामुखको उम्मेदवार चयनमा नेताहरु व्यस्त हुनुपर्ने कारण देखाउँदै बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

आइतबारको बैठकमा सभामुखको उम्मेदवार टुंगो लगाउने भनिए पनि यसबारे कुनै छलफल नभएको स्रोतले बताएको छ ।