काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २५५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख १२ हजार ५९० जना स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप २५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २७९ पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ ।