काठमाडौं - काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान साढे ११ बजेका लागि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले बताएको छ । आजको बैठकमा छलफल हुने एजेन्डाबारे कुनै जानकारी भने भएको छैन । यसअघि मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ ।

यस्तै, प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै छन् । प्रतिनिधिसभा विघटनपछि पहिलोपटक प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्न लागेका हुन् ।