काठमाडौं - आफ्नो स्थापनाको छोटो समयमा व्यवसायिक रुपमा राम्रो प्रगति गर्न सफल बीमा कम्पनी यूनियन लाइफ इन्स्योरेन्स, जसका प्रमुख कार्यकारी अधिकृत बीमा क्षेत्रमा दुइ दशक भन्दा बढी विभिन्न कम्पनीका महत्वपूर्ण जिम्मेवारी सम्हालेका अनुभवी छोटो समयमा यूनियन लाइफलाई उच्च स्थानमा पुर्याउन सफल सिइओ मनोज कुमार लाल कर्णसँग राम चन्द्र खड्काले गरेको कुराकानीको सम्पादित अंश :

यूनियन लाइफ इन्स्योरेन्स कसरी अगि बढीरहेको छ ?

यो हाम्रो एउटा टिम वर्क छ । हामीले मेन फोकस अभिकर्ता लाइ गरी रहेका छौ । अभिकर्ताहरुलाई तालिम दिन्छौ हाम्रो तालिम अलि फरक खालको छ । हामी चार राउन पाँच राउनसम्म तालिम दिन्छौं । एउटा बेसिक अर्को एडभान्स र अर्को अझ एडभान्स र त्यस पछि म आफै तालिम दिन्छु । अभिकर्तालाई राम्रो तालिम दिएपछि माहोल बन्छ । ऊर्जा थपिन्छ र इन्स्योरेन्समा चाहिने खालको तालिम हामीले दिइ रहेको छौं, त्यसकारण हाम्रो बिजनेस बढिरहेको छ । 

त्यसोभए यूनियन लाइफका अभिकर्ता सक्षम छन् ?

हो हाम्रो अभिकर्ता सक्षम छन् । हाम्रो कर्मचारीहरु पनि फ्रेस छन् । उनीहरुलाई पनि हामी राम्रोसँग तालिम दिन्छौं र  ब्रान्चमा पठाउँछौं । अनि उनीहरुले फस्ट क्लास काम गर्छन् । 

साधारण मानिसहरुलाई बीमा कम्पनीबाट दाबी भुक्तानी लिन गाह्रो हुन्छ भन्ने सुनिन्छ नि ?

लाइफ इन्स्योरेन्समा त्यस्तो हुदैन् किनभने एउटा मान्छेको मेचुरिटि हुन्छ, मेचुरिटि भएपछि क्यालकुलेसन हुन्छ  दुई -दुई चार हुन्छ, चार र दुई छ हुन्छ । त्यसमा पाँच र सातको कुरै आउदैन् । कुन सालमा कति बोनस छ त्यो सबै जोडेर सबै बीमा कम्पनीले  दिन्छ । अर्को कुरा डेथ भयो भने हनरेड प्रतिशत डेथ भैहाल्यो नि । क्याल्कुलेशन गरेर कति दिनु पर्ने हो त्यो बीमा कम्पनीले सजिलै दिन्छ । नदिने भन्ने हुदैन् । लाइफ इन्स्योरेन्समा क्लेम नदिने भनेको त हुदै हुदैन नेपालमा मात्र हैन दुनियामै यस्तो  हुदैन् । क्लेममा झुलाउछ भन्नु गलत कुरा हो ।

व्यवसायिक रुपमा यूनियन लाइफले छोटो समयमा ठूलो उपलब्धी हासिल गर्यो, यो उपलब्धीलाई कसरी लिनु भएको छ ?

यो उपलब्धी भनेको हाम्रो काम गर्ने तरीका माहोल हामीले दिएको शिक्षाको कारणले हामी सफल भएका छौं । गत साल हामीले ८६ करोड र यसपालि हामीले ६ महिनामै १ अर्व ६ करोड प्रिमियम ल्याएका छौं । हाम्रो अभिकर्ताको संख्या पनि बढिरहेको छ । हरेक दुई दुई महिनामा म आफैँ अभिकर्तालाई तालिम दिन्छु । म मात्रै हैन् । हाम्रो सबै टिमले त्यसैगरी खटेर काम गरिरहेका छन् । हामीले अभिकर्ताहरुलाई गलत नबोल्नू भनेका छौं । हाम्रो अभिकर्ता दक्ष छन् । म भन्छु हाइटच र हाइटेकबाट काम गर्नूस ग्राहककोमा जाँदाखेरी ल्यापटप हुनु पर्यो । प्रोडक्टको बारेमा सबै कुरा राम्रोसँग बताउनु पर्यो ग्राहकसँग राम्रो सम्बन्ध हुनु पर्यो राम्रो सर्भिस दिनुपर्यो । त्यसरी अभिकर्ताले काम गर्नुपर्छ । त्यो हिसाबले हामीले अभिकर्तालाई तालिम दिएका छौं ।


तपाईसँग धेरै ओटा बीमा कम्पनीमा महत्वपूर्ण जिम्मेवारी सम्हालेको अनुभव छ । मानिसहरुले अझै पनि बीमालाई राम्रोसँग विश्वास गर्न नसक्नुको कारण के होला ?

एउटा समय थियो मान्छेले बीमालाई विश्वास नगर्ने अहिले त्यस्तो छैन् । अहिले मानिसहरुले बीमालाई राम्रो विश्वास गरि रहेका छन् । अहिले बीमितहरुको संख्या बढिरहेको छ । आजको दिनमा बीमा धेरैले बुझेको छ । बीमाको विषयमा शिक्षा पाइरहेको छ । बीमा गर्नैपर्ने चीज हो भन्ने भैसकेको छ । बीमा त अहिले अभिन्न अंग भैसक्यो  आम मानिसले अहिले बीमा गर्नैपर्ने रहेछ । बीमा गरेन भने आफू सुरक्षित हुँइदैन् । भोलि आफूलाई केही भैहाल्यो भने घर परिवार आर्थिक रुपले कसरी सुरक्षित होला र बीमा गर्यो भने बुढेसकालमा बीमाको पैसाले आफ्नो बुढेसकाल चलाउन सकिन्छ  भन्ने जस्ता कुरा ग्राहकले बुझ्न थालेका छन् । 

अहिले तपाईहरुले कस्तो - कस्तो प्रोडक्ट दिइराख्नु भएको छ ?

अहिले हामीसँग विभिन्न १० किसिमका प्रोडक्टहरु छन् । हामीसँग एउटा यूनिक प्रोडक्ट छ मनि ब्याक होल लाईफ त्यो मैले डिजाइन गरेको हो । मैले २०७२ सालमा यो बिषयमा एउटा  लेख लेखेको थिए । त्यो बेला कुनै कम्पनीले ध्यान दिएन, तर त्यो प्रोडक्ट मैले ल्याएपछि अरु कम्पनीले पनि ल्यायो । त्यो प्रोडक्ट मैले ल्याएको अत्यन्तै राम्रो प्रोडक्ट हो । अहिले राम्रोसँग चलिरहेको छ । तेस्तै अरु पनि राम्रो -राम्रो प्रोडक्टहरु हाम्रोमा छ ।

कम्पनीको भाबी योजनाहरु के छन्  ?

ब्रान्चहरुको संख्या बढाउने अभिकर्ताको संख्या बढाउने अभिकर्तालाई अझ सक्षम बनाउने, शाखा बिस्तार गर्ने  नयाँ प्रोडक्ट डिजाइन गर्ने हाम्रो योजना छ ।