बुटवल - रूपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहवा गाउँमा ५ जनाको सामूहिक हत्या भएको छ ।

गएराति एक फार्ममा चार जनाको हत्या गरिएको अवस्थामा भेटिएको र एक जना गम्भिर घाइतेलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् । उनीहरु सबै स्थानीय हुन् । मृतकहरुमा माधव मुसहर,जानकी मुसहर, करण चौधरी, आशिष चौधरी, पोषराज मुसहर हुन् ।

हत्याको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । हत्या किन कसरी भएको भन्नै विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ ।