एजेन्सी - भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतीय भएको वक्तव्य दिएका छन् । इण्डिन इन्डस्ट्रीले आयोजना गरेको ७५ औँ भच्र्चुअल कन्फ्रेन्स उनले गौतम बुद्ध र महात्मा गान्धी भारतका दुई सर्वश्रेष्ठ भारतीय भएको वक्तव्य दिएका हुन् । 

उनले उक्त कन्फ्रेन्समा भनेका छन्, हामी सबैलाई थाहा छ दुई सर्वश्रेष्ठ भारतीयहरुको बारेमा । पहिलो गौतम वुद्ध हुन् र दोस्रो महात्मा गान्धी । हामीमात्र नभई पुरै विश्वले चिनेको छ यी दुई सर्वश्रेष्ठ भारतीयलाई । 

भारतीय शिर्ष नेताले गौतम बुद्ध भारतीय भएको यो पहिलो दाबी भने होइन । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई वर्ष अगाडि भारत गौतम बुद्धको भुमि भएको दाबी गरेका थिए । उनको वक्तव्यपछि नेपालमा चर्को आलोचना भएको थियो । 

तर, ती व्यक्ति मोदी नै थिए जसले ६ वर्ष अगाडि नेपाल भ्रमणको क्रममा सम्बोधन गर्दा नेपाल गौतम बुद्धको भुमि भएको बताएका थिए ।