सिरानीमुनि फोन नराख्नुहोस्

सुतेको समयमा सिरानीमुनि फोन राख्दा दुर्घटनाको सम्भावना हुन्छ । कहिलेकाहीँ ब्याट्री तातेर वा अन्य प्राविधिक कारणले फोन पड्कन सक्छ । त्यसो त फोन प्रयोग नहुँदा पनि फोनसेटले टावरसँग कनेक्सन खोजिरहेको हुन्छ । यसले रेडिएसन उत्पादन गर्छ र शरीरलाई असर गर्न सक्छ । त्यसैले सुत्ने समयमा सिरानीमुनि फोन राख्नुहुन्न ।

हेडसेट प्रयोग गर्नुहोस्

मोबाइलबाट फोन गर्दा हेडसेट प्रयोग गर्नुहोस् । फोनसेटलाई कानमा छुवाएर फोनमा कुराकानी गर्दा त्यसवेला उत्पन्न हुने रेडिएसनले तपाईंको दिमागलाई असर गर्न सक्छ । त्यसैले वायरलेस वा वायरसहितको हेडसेट प्रयोग गर्नुहोस् । त्यसो गर्दा कारणवश फोन पड्कियो भने पनि तपाईंलाई ठूलो असर गर्दैन ।

शरीरलाई छुवाएर  फोन नचलाउनुस्

फोनमा कुराकानी गर्दा सकेसम्म हातबाहेक शरीरका अंगलाई नछुवाउनुस् । फोन चलाउँदा नाटकीय रूपमा उत्पादन हुने रेडिएसनले तपाईंलाई आक्रमण गर्न सक्छ । त्यसैले थोरै भए पनि दूरीमा राखेर मोबाइल प्रयोग गर्नुहोस् । हेडसेट प्रयोग गरेर फोनमा कुराकानी भइरहेको वेलामा पनि मोबाइल सेटलाई काखमा नराख्नुहोस् ।

फोनभन्दा म्यासेज बढी गर्नुहोस्

फोनमा कल गर्नुभन्दा म्यासेज गर्नु राम्रो हुन्छ । किनकि, म्यासेजले भन्दा फोनकलले बढी रेडिएसन उत्पादन गर्छ । त्यसैले टेक्स्ट, इमेलमा बढी कुराकानी गर्नु राम्रो हुन्छ ।

नेटवर्क राम्रो भएका वेला फोन गर्नुहोस्

मोबाइल फोनको नेटवर्क कमजोर भएका वेला जब सेटले बढी काम गर्नुपर्ने हुन्छ, त्यस्तो वेला अझ बढी रेडिएसन उत्पादन हुन्छ । यसर्थ, नेटवर्क कम भएको वेला फोनकल नगर्नुहोस् । सकेसम्म पूरा नेटवर्क हुँदा फोनकल गरेको राम्रो ।

गोजीमा  फोन नराख्नुहोस्

सकेसम्म गोजीमा फोन बोक्नुहुँदैन । फोन प्रयोग नभएका वेला पनि फोनले नजिकैको टावरमा कनेक्सनको प्रयास गरिरहेको हुन्छ । यस्तो वेला रेडिएसन उत्पादन हुन्छ । त्यसैले गोजीमा फोन राख्नु राम्रो होइन ।