काठमाडौं - अमेरिकाको टेक्सस राज्यमा एक बन्दुकधारीले दुई शहरमा अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । पुलिसका अनुसार कम्तीमा १६ जना घाइते भएका छन् ।

ओडिसाको मेडिकल सेन्टर हस्पिटलले उपचार भइरहेका मध्ये दुई वर्ष मुनिका एक बालकसमेत बताउँदै सातजनाको स्थिती नाजुक भएको जानकारी दिएको छ ।

ओडेस शहरको पुलिसका अनुसार बन्दुकधारीले सुरुमा एक ट्राफिक पुलिसमाथि गोली चलाए जसले उनको कारलाई रोकेका थिए ।

त्यसपछि उनले एक पोस्टल ट्रक चोरे र नजिकैको एक शहर मिडल्याण्डतर्फ गए जहाँ उनले पुनः गोलीबारी गरे ।

पुलिसले बन्दुकधारीलाई एक सिनेमा कम्प्लेक्समा गोली चलाएर हत्या गरेको छ । पुलिसका अनुसार लगभग ३५ वर्षका एक गोरो वर्णमा व्यक्ति थिए । शनिबार दिउँसो भएको यो हमलाको उद्देश्य स्पष्ट हुन सकेको छैन ।

यो हमलाको चार हप्ता अघि पनि टेक्ससमा एक बन्दुकधारीले अल पासो शहरमा गोलीबारी गरेर २२ जनाको हत्या गरेका थिए ।