एजेन्सी - दक्षिण भारतको तमिल नाडुमा सन् २०१६ देखि आफ्नो पत्नी जया र आफ्नो दुई छोरालाई छोडेर घरबाट निस्केका सुरेश तीन वर्षपछि टिकटकको भिडियोमा भेटिएका छन् ।

आफ्नो पत्नी र परिवारले पुलिसमा उनलाई हराएको भनेर रिपोर्ट गरेका थिए ।घर छोडेर हिँडेका उनलाई आफ्नो आफन्तले टिकटक भिडियोमा देखेपछि उनकी पत्नी जयालाई खबर गरेका थिए । धेरै नै आलोचना पाईराखेको टिकटकका कारण पुलिसले समेत हल गर्न नसकेको केश टिकटकले पूरा गरेको छ ।

मिडिया रिपोर्ट अनुसार सुरेश २०१६ देखि हराएका थिए । अनेकौं ठाउँ तथा आफ्नो आफन्तकोमा खोज तलास गर्दा पनि उनलाई पत्ता लगाउन नसकेपछि पुलिसकोमा रिपोर्ट गरिएको थियो ।

जब उनकी पत्नी जया प्रदालाई एक आफन्तले टिकटकमा देखेको मान्छे सुरेशसँग मिल्दोजुल्दो छ भनी खबर गरे तब विल्लुपुरम पुलिसलाई खबर गरेपछि उनको पत्ता लागेको हो ।उनको परिवारका अनुसार सुरेश केही कुरामा असन्तुष्टि थिए जसले गर्दा घर छाडेर हिँडेका हुन् । सुरेश होसुरमा एक ट्याक्टर कम्पनीमा मेकानिक काम गर्थे ।

उनको एक ट्रांसजेन्डर महिलासँग सम्बन्ध रहेको बताइएको छ । एक अधिकारीका अनुसार टिकटक भिडियोमा उनको साथमा उक्त ट्रांसजेन्डर महिलालाई पनि देखिएपछि विल्लुपुरमको ट्रान्सजेन्डर संगठनमार्फत उनलाई भेटिएको हो ।मिडिया रिपोर्ट अनुसार पुलिसले सुरेश र जयालाई आपसी समझदारीमा घर पठाएको छ ।